कलेजोको दुर्लभ रोगको शल्यक्रियामा सफल माया मेट्रो अस्पताल

Posted on: 24 Sep, 2018

असोज ८, धनगढी | धनगढीमा सञ्चालनमा आएको माया मेट्रो अस्पतालले दुरवीन प्रविधिबाट कलेजोको दुर्लभ रोग ‘हाईडेटिक किस्ट’ को सफल शल्यक्रिया गरेको छ ।

अस्पतालले यस्तो प्रकारको शल्यक्रिया प्रदेश ७ मा पहिलो पटक समेत गरेको दावी गरेको छ । अस्पतालका अप्रेशन चिकित्सक डा. विनय तिमिल्सिना र वरिष्ठ एनेस्थेस्टिस्ट डा. मोहनराज भट्टराईले चार घण्टा लगाएर बझाङको सुर्मा गाउपालिकाकी २२ वर्षिया सेतु बोहराको शल्यक्रिया गरेका हुन । 


पेट दुख्ने, खाना अरुचि हुने लगायतका समस्याबाट पिडित सेतु यसअघि धनगढीका अन्य अस्पतालमा उपचार गराउदा सन्चो नभएपछि माया मेट्रो अस्पतालमा आएकी थिईन । उनको अवस्था सामान्य रहेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!