आजदेखि दशैंको अग्रिम टिकट बुकिङ सुरु

Posted on: 25 Sep, 2018

असोज ९, काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ ।  नेपाल यातायात व्यवसायी महासंघको बैठकले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले अग्रिम टिकट बुकिङ रोकेका थिए । मूल्यवृद्धि घटाउनुको सट्टा जनतालाई नै भार पर्ने गरि सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघले बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप आइतबार सार्वजनिक यातायातको भाडादर समायोजन गर्दै नयाँ भाडादर सार्वजनिक गरेपछि महासंघले अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय गरेको थियो । 

नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!