८ दिनदेखि हराएका एक विद्यार्थीको शव फेला

Posted on: 26 Sep, 2018

असोज १०, पाल्पा | पाल्पाको रामपुर नगरपालिका–८ रानिबासका १७ वर्षीय शैलेन्द्र अर्यालको शव कालीगण्डकी नदीमा फेला परेको छ । आनन्द निकेतन विद्याश्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी शैलेन्द्र अर्यालको शब मंगलबार फेला परेको हो।

आठ दिन अघिदेखि बेपत्ता भएको अर्यालको शव  मंगलबार नवलपुर जिल्ला बुलिङटार गाउँपालिकाको वडा नं. १ थाम बसीको कालीगण्डकीको किनारामा भेटिएको हो ।

असोज २ गते दिउँसो विद्यालयबाट घर फर्केका अर्याल घरबाट निस्किए लगत्तै बेपत्ता भएका थिए। उनी आँफै नदीमा हालफालेर बगेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!