बालिका हत्याको अभियोगमा एक पक्राउ

Posted on: 26 Sep, 2018

असोज १०, पोखरा | पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । 

पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ । यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिनुभयो । 

पोष्टमार्टमको रिपोर्ट प्राप्त नभएकाले हत्यालगायत अन्य घटनाको विषयमा अहिले बताउन नसकिने उहाँले बताउनुभयो । 

सोमबार साँझ ६ बजे नजिकको पसलमा बिस्कुट खरिद गर्न निस्केकी ती बालिका घर नफर्केपछि मङ्गलबार बिहान आफन्तले खोजी गर्दा घरनजिकको खोल्सा छेउको झाडीमा घोप्टो परेको मृतावस्थामा भेटिएको थियो । 

बाबुले दोस्रो विवाह गरेपछि मामाघरमा बस्दै आएकी उनी स्थानीय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!