सडक दुर्घटनामा अनु श्रेष्ठको ज्यान गयो

Posted on: 26 Sep, 2018

प्रेम सुनार | असोज १०, बुटवल | आज दिउँसो रुपन्देहीको शंकरनगर चोकममा ट्रकले ठक्कर दिदा बुटवल कालिका नगरकी २० बर्षिया युवती  अनु श्रेष्ठको ज्यान गएको छ ।

दिउँसो करिव साढे  तीन बजेको समयमा लु १ ख ७३४९ नम्वरको ट्रकले बा ७५ प ४९२७  नम्वरको मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार श्रेष्ठको लुम्विनी अञ्चल अस्पतालमा उपचार गर्न ल्याउने क्रममा ज्यान गएको  हो ।

बुटवल प्रहरी प्रमुख डिएसपी डिल्ली मल्लका अनुसार  मोटर साईकल चालक तानसेन–२ का पुकार शाही भने सामन्य उपचार पछि रिफर भएका छन  । प्रत्यक्षदर्शीका अनुसार ट्रक तिब्रगतिमा आएर ठक्कर दिएको थियो । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!