पच्चिस शैयाको अस्पताल सञ्चालन

Posted on: 26 Sep, 2018

असोज १०, रुकुम पश्चिम | रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिका–९ राडीबजारमा विभिन्न सेवासहित २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म रु एक करोड बढी खर्च गरेको जनाएको छ ।

अस्पतालबाट एक्सरे, अल्ट्रासाउण्ड, ल्याब परीक्षण, फार्मेसी, इसिजी, प्रसुतिसहितका सेवाट उपलब्ध हुने नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । अस्पतालमा एम्बुलेन्स सेवा समेत उपलब्ध छ । नगरपालिकाले अस्पतालका लागि २० जना स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्त गरेको छ । नगरवासीलाई नगरपालिकाभित्रै भरपर्दो स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख केसीको भनाइ छ । आठबीसकोट नगर अस्पताल जिल्लाकै ठूलो सरकारी अस्पताल बनेको छ । सदरमुकाम मुसीकोट नगरपालिका–१ सल्लेमा रहेको जिल्ला अस्पताल मात्र १५ शैयाको छ ।  अस्पतालको भवन भने निर्माण हुन बाँकी छ । हाल अस्पतालका लागि साविकको स्वास्थ्य चौकी र एक विद्यालयलाई प्रयोग गरिएको छ । अस्पताल सञ्चालनमा आएपछि नागरिकले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन् । अस्पतालले सेवा सुरु गरेपनि औपचारिक उद्घाटन भने हुन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!