उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

Posted on: 26 Sep, 2018

असोज १०, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उत्कृष्ट काम गर्ने प्रहरी जवानलाई पुरस्कृत गरेको छ । लागु औषध नियन्त्रण एवम् अभियुक्त पक्राउमा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी जवान दिपेन्द्र लाल श्रेष्ठलाई कार्यालयले पुरस्कृत गरेको हो ।

जिल्ला भर रहेका प्रहरी पोष्ट, प्रहरी चौकी र कार्यालयहरुमा कार्यरत प्रहरीहरु मध्य भदौ महिनामा श्रेष्ठले उत्कृष्ट कार्य गरेकाले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए । उनका अनुसार लागु औषध नियन्त्रण र बरामद कार्यमा श्रेष्ठले राम्रो भूमिका निर्वाह गरेका थिए । अन्य प्रहरी कर्मचारीहरुमा समेत सकरात्मक प्रभाव पर्ने र मनोबल उच्च रहँदा प्रहरीले प्रदान गर्ने सेवामा सुदृढिकरण आउने भएकाले पुरस्कारको शुभारम्भ गरिएको एसपी रजौरेको भनाई छ ।

श्रेष्ठको काम कारवाही अभिलेखमा रेकर्ड रहनेगरी प्रमाण–पत्रसहित बुधबार पुरस्कृत गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!