तीन महीनादेखि बेपत्ता बालकको कङ्काल फेला

Posted on: 28 Sep, 2018

असोज १२, हुम्ला | तीन महीनादेखि हराइरहेका हुम्ला चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । 

गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिनुभयो । 

साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनको खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका बुबा जनक शाहीले रासससँगको कुराकानीमा भावुक हुँदै भन्नुभयो, “तीन महिनापछि छोराको कङ्काल पो देख्नुप¥यो ।” 

उक्त घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताउनुभएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख ज्ञहेन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि तत्काल पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गरिने बताउनुभयो । 

मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!