३ महिनादेखि बेपत्ता भएका बालकको कंकाल भेटियो

Posted on: 28 Sep, 2018

असोज १२, काठमाण्डौ । ३ महिनादेखि हराइरहेका हुम्लाका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कंकाल भेटिएको छ ।

शाही गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराएका थिए ।

मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!