मुगुको उत्तरी भेग सोरुगाउँपालीका सडक सञ्जालमा जोडियो

Posted on: 28 Sep, 2018

नन्द बहादुर रोकाया | असोज १२ मुगु | मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । जिल्ला सम्मनवय समिति  मुगु अन्तर्गत गैह्र सरकारी संस्था ग्रामिण पहुँच कार्यक्र र्याप थ्रि को आर्थिक र प्राविधिक सहयोगमा सडक निर्माण  भए संगै सोरुगाउँपालीका सडक सञ्जालमा जाडिएको हो । गमगढी  गिलाह सडकखण्डको निमार्ण सम्मपन्न भएसंगै बिहिबार चार प्राङ्कग्रे गाडी सोरुगाउँपालीकाको तारापानी सम्म पुगेका थिय । 


तारापानीमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित हुनुका साथै पहिलो पटर्क सोरुगाउँपालीका गाडी पुगेको खुसीयालीमा स्थानीयले फुलमाला बाजाँगाजाले स्वागत गरेका थिय । 

जिल्लाकै दुर्गम मानिने सोरु गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय गाडी हेनकै लागी लामबद्ध भएर सडक आसपासमा पुगेका थिए । एक दिनको पैदल यात्रापछि सदरमुकाम पुगिने अब एक घण्टाको यात्राबाट पुग्न सकिने सोरु गाउँपालिकाको ८ का स्थानीय जयबहादुर शाहीले बताए । बिरामि हुदाँ धेरै समस्या हुने गरेको भएपनी अब सदरमुकाम जान आउन सहज हुनुका साथै औषधी उपचारको कालगि सहज हुने भन्दै शाहीले खुसी ब्यक्त गरे  । भोगौलिक विकटता त्यसमा पनी असम्भब देख्ने स्थानीय घर अगाडी गाडी आएको देखेपछी हर्षित भएका छन । ग्रामिण पहुँच कार्यक्रम र्याप थ्रि ले मान्छे बाट यो सडक निमार्ण गरेको र सडक निमार्ण गर्ने याप थ्रि लाई स्थानीयले धन्यवाद समेत दिईएका छन । गमगढी ग्रिलाह सडको २२. किलो मिटर सडक निर्माण पुरा भएको र केहि थप मर्मतको काम बाँकी रहेकोले मंसिरको अन्तिमसम्ममा सोरु गाउँपालिकालाई हस्तान्तरण गरिने ग्रामिण पहुच कार्यक्रमका टिम लिडर मोहन रुवालीले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!