१२औ विश्व रेविज दिवसको अवसरमा हेटौडाका कार्यक्रम

Posted on: 28 Sep, 2018

असोज १२, मकवानपुर | १२औ विस्व रेविज दिवस को अवसरमा हेटौडाका विभिन्न स्थानमा जानकारीमुलक कार्यक्रम भएको छ । भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा हेटौडाका विभिन्न स्थानका घर पालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ भने रेविज रोगबारे जानकारी दिइएको  छ । 

हेटौडाको चौघडा,नवलपुर,कमाने पदमपोखरी लगाएतका स्थानमा करिव ४ सय कुकुरलाई रेविज विरुद्ध खोप लागाइएको थियो ।   रेविज रोगबाट ग्रसित जनावरको टोकाईबाट मानिस र अन्य प्राणीमा सर्ने रोग हो । विस्व स्वस्थ्य संगठनको तथ्याङक अनुसार विस्वभर सरदर ६० हजार मानिस रेविज रोगका कारण मर्ने गरेका छन् । रेविज रोग लागेको तथा मरेको पशुको मासु नखाने, संस्कासपद जनावरले टोकेमा यो रोग सर्ने संभावना धेरै हुन्छ । 

टोल छिमेकमा रेविजलागेको संङकास्पद जनावर फेला परेमा तत्काल संम्बन्धित निकायमा खबर गर्न पनि आग्र गरिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!