नवलपरासीमा दुर्घटना, २ को मृत्यु ३१ घाईते, १६ जना नवलपरासीकै

Posted on: 29 Sep, 2018

प्रेम सुनार | असोज १३, बुटवल | आज विहान ३ बजेको समयमा नवलपरासीको कावासोती–१६ मा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३१ जना घाईते भएका छन । घाईते मध्ये ११ जनाको अवस्था गम्भीर रहेको  छ ।  नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५६२९ नम्वको बस र विपरित दिशाबाट आई रहेको  ना ६ ख ७७१९ नम्बरको ट्रक संग ठोक्कीदा उक्त दुर्घटना भएको हो । 

दुर्घटनामा परी कोहलपुर–४  का २३ बर्षिय सुरज बिक र कपिलवस्तुका २४ बर्षिय लक्ष्मण थारुको ज्यान गएको पुर्व नवलपरासी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रमेश थापा संग सम्पर्क राख्दा ति दुईको मृत्यु भएको जानकारी दिए  ।

३१ घाईते मध्ये १६ जना नवलपसारी कै कालिगण्डकी अस्पतालमा भर्ना गरिएको , चार जनाको मध्ये विन्दु अस्पतालमा र गम्भीर घईते ११ जनालाई भरतपुर अस्पतालमा पठाईएको  उनले बताए । उनका अनुसार ११ जना मध्ये ४ जनाको अबस्था चिन्ताजनक छ । यो समाचार लेख्ने बेला सम्म सडक अवरुद्ध छ । घाईतेको विवरण प्रहरीले तयार पार्दै छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!