विश्वमा वर्षेनी ७० लाख भन्दा बढी व्यक्ति मार्ने मुटु रोगबाट बच्न यस्तो छ डाक्टर गौचनको सुझाव

Posted on: 29 Sep, 2018

कमल रावल | असोज १३, अछाम | आज विश्व मुटु दिवस विश्वमा लगाएत नेपालमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । ‘मेरो मुटु–तपाईंको मुटु’ मुलनाराका साथ प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिखका दिन मुटु दिवसलाई मनाईने गरिन्छ । सामान्य बाहीरि रुपमा ब्यक्ति स्वस्थ्य देखिएता पनी जो सुकैलाई पनी मुटुको समस्या हुन सक्ने चिकित्सहरुले बताएका छन । 

विभिन्न अध्ययनका अनुसार प्रत्येक वर्ष विश्वमा ७० लाख भन्दा बढी व्यक्तिले मुटु रोगका कारण ज्यान गुमाइरहेका छन् । रहनसहन, खानपिन, शारीरिक कसरतको कमी र तनावपूर्ण जीवनले नेपाल लगायतका देशमा पनि यसको प्रकोप बढ्दो रुपमा देखा परेको छ । अछाम लगाएत समग्र सुदुरपश्चिम प्रदेशमा अन्य संक्रमण रोग भन्दापनी मुटुको समस्या बढि नै रहेको पाईन्छ । 

अछाम जिल्लामा सँक्रमण जन्य रोग बढी भन्दा मुटुको रोगको समस्या बढी भएको स्वास्थ्यकर्मिले बताएका छन । कमलबजार, चौरपाटी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र बयालपाटा अस्पतालबाट मुटुको रोगिलाई गुणस्तरिय सेवा दिएता पनी बिशेष प्रकारको सेवा सुविधा आफुहरुले दिन नसकेको न्यायहेल्थ नेपाल बयालपाटा अस्पतालका मेड्किल डाईरेक्टर डाक्ट्र बिकास गौचनले बताउनु भयो । यो समस्या अछाम जिल्लाले मात्र नभई समग्र सुदुरपश्चिम प्रदेशले भोग्नु परेको गौचनको भनाई रहेको छ । 


धुम्रपान नगर्ने, मदिरा सेवन, बेचविखनबाट टाढा रहन सके मुटुमा कुनै समस्या नहुने उहाँको सुझाव रहेको छ । चिनीको रोग, उच्च रक्तचाप र दमको रोगीलाई बढि समस्या हुने भएकाले नियमित चेकजाँचको आवश्यक पर्ने उहाँले बताउनु भयो । खानपान सहीत आफु फुर्तिलो रहन नियमित ब्यायम सहित स्वास्थ्य संस्थामा जेकजाँचमा जानु पर्ने डाक्टर गौचनको सुझाव रहेको छ । खानपानका हिसाबले जँग फुड भन्दा घरकै ताकतिलो खाना खानु पर्ने उहाँको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!