गुल्मीमा गृहमन्त्रीलाई–‘माछा मिठो असला बड्यार् खोलाको....’

Posted on: 29 Sep, 2018

प्रेम सुनार | असोज १३, बुटवल | बाग्लुङ्ग तर्फ माछा मिठो असला दरम खोलाको... निकै चर्चामा छ । यता गुल्मीमा भने माछा मिठो असला  बड्यारा खोलाको... थेगो नै रहँदै आएको छ । बढिगाड खोला नाम भए पनि स्थानियले बोली भाषामा बड्यार खोला भन्छन ।  त्यस खोलाको माछाको बिशेष गरी रस परेवाको झै अत्यन्तै तिख्खर  मानिन्छ । काँडा कम असलाको मासु बढि र तिख्खर हुने हुँदा त्यस बड्यार खोलाका माछा सगुनका रुपमा काठमाण्डौ  लगायतका शहरमा समेत पठाईन्छ , मगाइन्छ । 

बर्षऔं पछि गृहमन्त्री  रामबहादुर थापा वादलाई पनि बाल्यपनमा  त्यस खोलामा माछा मार्न जाने र पौडी खेल्न जाने ताकाको सम्झना आयो । उनको त्यही चाहनालाई बुझेर आज बिहान दजाकोट स्थित  घर पुगेका गृहमन्त्रीलाई आयोजकले त्यहाँका माछा संग  खाजा खुवाए ।  खाँदै उनले स्मरण गर्दै भने–‘ म  त्यति बेलाको पशुपति प्राविमा पढ्दा हाम्रै घरमा डेरा गरेर पढाउनु हुने तारा नाथ शर्मा सर संग शनिवार विदाको दिन माछा मार्न र पौडी खेल्न जान्थ्यौं ।

खुव सम्झना आउँछ त्यो ताकाको त्यति बेला कपी कलमको चलन थिएन । काठको कालो पाटी , खरी ढुङ्गाको चक र बस्ने चकटी बोकेर स्कुल जान्थ्यौं । ५४ बर्ष पछि त्यहाँका माछा खाना पाईयो ।  उनी संगै उनकी फुवुका ज्वाँई विष्णुबहादुर बगाले बसेका थिए । साथमा भाञ्जा भाञ्जी , अरु दिदी वहिनी , कान्छी काकी सुमित्रा सनानरी , उनका छोरा रामबहादुर सनारी,  उनकी दिदी रामकुमारी पुन ,माईला काकाका छोरा छोराहरु खिमबहादुर नेरबहादुर सनारी माछा अलि थप्दीँन पाए पनि हुन्यो कि भन्ने मुद्रमा थिए । गृहमन्त्रीले पनि निकै रहर लाग्ने गरी खाए ।


अरु दाजु भाईहरु वोमबहादुर , दिलबहादुर , ईमानसिंह मेखबहादुर, बलबहादुर भिमबहादुर र हुमानसिंह सनारी सहित १० घर रहेको उनका भाञ्जा भाञ्जी पर्ने स्थानिय समाज सेवी हरिप्रसाद छन्त्यालले बताए ।  उनको मावली आँपचौरबाट पनि आएका थिए । कान्छि आमाले भने आफ्नै प्रकारको खाज खुवाईन । त्यही वादल कै पुरानो बुढाघर भएकै  घडेरीमा बनाएको घर देखाईन ।

गृहमन्त्री कै भाई उपचार नपाएर थला 

कान्छा काका छोरा रामबहादुर बेलामा उपचार नपाएर  प्यारालाईसिस रोगले थला परेर बसेका छन । गृहमन्त्री अर्थात दाजुलाई देख्न साथ उनि रोई रहे मात्र ।  त्यस्तो देखे पछि गृहमन्त्री भावुक देखिन्थे । समाज सेवी छन्त्याल भन्छन उहाँले पुराना कुरा निकै स्मरण गर्नु हुँदो रहेछ । एक अर्कालाई सोधपुच सञ्जो विसन्चोबारे चासो लिनु भयो । अव त आउने जाने यो सुरुवात हो आई रहन्छु भन्नु भएको छ ।

रक्षा मन्त्री हुँदा मैले तम्घास आएको बेला भेटेको थिएँ यो दोश्रो हो, छन्त्यालले भने अस्याट नमेटिने गरी छोटो समय लिएर आउनु भयो । अब आउँदा उहाँले आफै भने झै लामो समय बस्ने गरी आउन अनुरोध गर्दछौ । उनलाई गाउँ बोलाउने बिशेष भुमिका पुर्व माओवादी नेता खुमबहादुर थापाले खेलेको बताईन्छ । उनको स्वागतमा प्रदेश ५ का सांसद खड्ग केसी  , मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा लगायतका जनप्रतिनीधी रहेका थिए । उनलाई सो पालिकाले अभिनन्दन समेत गरेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!