पोखरेलले दिने भए, अनलाईन र पत्रिकालाई ल्यापटप, रेर्कडर

Posted on: 30 Sep, 2018

चिसाङ शेर्पा | असोज १४, खोटाङ | चर्चीत लोक गायक धर्मराज पोखरेलले दुईवटा सञ्चार माध्यमलाई विधुतीय सामग्री उपलब्ध गराउने भएका छन् । एकवटा अनलाईन र एकवटा पत्रिकालाई ल्यापटप र रेर्कडर दिने भएका हुन् । 

लोक गायक पोखरेलले समायोजन खबर अनलाईनलाई एक थान ल्यापटप/रेर्कडर र नवसंवाद पाक्षिक पत्रिकालाई एक थान रेर्कडर उपलब्ध गराउने बताएका छन् । जिल्लाको सामाजिक, राजनीतिक, विकास लगायतका विषयलाई समाचारको माध्यमवाट जनता सामू पुर्या पुर्याउदै आएका सञ्चार माध्यमलाई थप शसक्क्त बनाउने उद्देश्यले सहयोग गर्न लागिएको उनले बताए ।


बहुप्रतिभाका धनी पोखरेलले दशै अगाडी नै उक्त सामग्रीहरु उपलब्ध गराई सक्ने जनाएका छन् । बहुप्रतिभाका धनी पोखरेलले दशै अगाडी नै उक्त सामग्रीहरु उपलब्ध गराई सक्ने जनाएका छन् । यसअघि लोक गायक पोखरेलले सामुदायिक रेडियो हलेसी एफएम र रुपोकाट रेडियोलाई एक/एक थान ल्यापटप र रेर्कडर उपलब्ध गराएका थिए । २०२९ कार्तिक २६ गते तत्कालिन बिजयखर्क गाविसमा जन्मिएका उनी एक कुशल ईन्जिनियर, राजनीतिकर्मी, गायक, रचनाकार, मोडल र समाजसेवी हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!