अछामका २ सय जना छात्रालाई सेनेटरी प्याडड वितरण

Posted on: 30 Sep, 2018

कमल रावल | असोज १४, अछाम | बैजनाथ माध्यमिक विद्यालय पायल र सिउडी माद्यायामिक बिद्यालयमा अध्ययनरत छात्रालाई सेनेट्रि प्याड वितरण गरिएको छ । 

चौरपाटी गाउपालिका अन्तर्गत वडा नम्बर ४ पायल र ६ सिउडीका २ सय जना छात्रालाई प्याड् वितरण गरिएको हो । 


प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटीका प्रमुख डाक्टर राजु गुरुङको ब्यक्तिगत पहलमा प्राप्त सेनेट्रि प्याड दुईटै विद्यालयमा भब्य कार्यक्रमका साथ वितरण गरिएको थियो । अछामका महीलाले अकालमा छाउपडी कुप्रथाका कारण छाउगोठमा ज्यान गुमाउनु परेको र छात्राले विद्यालयमा आउन समस्या भोगिरहेकाले आफुले वितरण गरेको डाक्ट्र राजु गुरुङले बताउनु भयो । वितरण कार्यक्रममा बोल्दै चौरपाटी गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले कुरितीको रुपमा रहेको छाउपडी कुप्रथालाई अन्त्य गर्नका लागि सबै वर्ग लाग्नुपर्ने बेला आएको बताउनु भयो । सामाजिक अभियान जस्तो यो कार्यमा सहयोगी हात फैलाउनु भएकोमा डाक्ट्र गुरुङलाई उहाँले धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो । सिउडी माबिका प्रधानाध्यापक रमेश धानुकको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष टेक बहादुर थापा, प्रेस संगठनका केन्द्रिय सदस्य राजेन्द्र कुवर, समाजसेवि कल्लान थापा लगाएतका अतिथी रहनु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!