प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 01 Oct, 2018

प्रेम सुनार । असोज १५, बुटवल ।  आज विहान प्युठानको सालीबिसौनामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ । ठुलाबेसीबाट  बाग्दुला तर्फ जाँदै गरेको लु १ च ३४७२ नम्वरको पिकअप जिप  गौमुखी गाउँपालिका वडा नम्वर ५ सालीबिसौनामा दुर्घटना हुँदा स्थानिय अन्दाजी ३५ बर्षिय शालिक बस्नेतको घटना स्थल मै ज्यान गएको हो ।

प्युठान प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीका  अनुसार  बस्नेत एक जनाको मृत्यु भएको जानकारी आए पनि थप विवरण आउन बाँकी रहेको छ ।  डिएसपीका सहयोगी असईका  अनुसार  सबार ८ जना थिए । थप बिबरण आउन बाँकी छ । ओरालोमा तिब्रगतिमा आई रहेको जिप ब्रेक  फेल भई दुर्घटना भएको जनाईएको छ । प्रहरी र स्थानिय अहिले उद्धार कार्यमा जुटिरहेका छन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!