सप्तरीको राजविराज कारागारमा एक कैदीको मृत्यु

Posted on: 01 Oct, 2018

असोज १५, सप्तरी । सप्तरीको राजविराज कारागारमा एक कैदीको मृत्यु भएको छ ।

चोरी मुद्दामा ९ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कैद जीवन बिताइरहेका छिन्नमस्ता गाउँपालिका, लोखरम टोलका ३८ वर्षीय सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको हो ।

साहको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा आइतबार राति ९:१३ बजे निधन भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!