पाँचथरमा टेम्पो दुर्घटना: ६ जना गम्भिर घाइते

Posted on: 01 Oct, 2018

कमल घिमिरे | असोज १५, पाँचथर | पाँचथर फिदिम नगरपालिका ४ मा आइतबार साँझ टेम्पो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा यसोदा सवास, गंगामाया खवास, सन्ध्या खवास, सगम खवास र केतरानी खवास रहेका छन् । 

फिदिमबाट भुजेलडाँडातर्फ जाने क्रममा १२६४ नम्बरको टेम्पो दुर्घटना भएको हो । 

दुर्घटनामा परि पाँच जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइते पाँचै जनालाई पाँचथर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला बाहिर रिफर गरीएको पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुवँरले जानकारी दिनुभयो । यस्तै समान्य घाइते भएका चालक सुवास राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!