भिरबाट लडेर बिष्टको मृत्यु

Posted on: 01 Oct, 2018

असोज–१५ बुटवल । आज विहान दाउरा काट्ने क्रममा गुल्मीको अर्जै निवासी ६७ बर्षिय मोहलाल बिष्टको भिरबाट लडेर ज्यान गएको छ ।

मालिका गाउँपालिका–६ अजैका बिष्टको पौवा खोला भन्ने स्थानको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुछा फाँटका सई शिवबहादुर खत्रीले जानकारी दिए । शव पोष्टमार्र्टमका लागि सदरमुकाम ल्याईदै गरेको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!