'एउटा प्रहरी बचाउन सिंगो प्रहरी बदनाम हुँदैन' (भिडियो सहित)

Posted on: 01 Oct, 2018

असोज १५, काठमाडौँ | नेपाल प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि प्रहरी प्रतिवद्ध भएको बताएका छन् । चाडपर्वको बेला हुन सक्ने संभावित घटनाहरुलाई रोक्न प्रहरी संयन्त्रलाई निर्देशन दिइसकेको पनि उनले बताए । विशेषगरी चाडपर्वको बेला सर्वसाधारणको यात्राको सुरुक्षाका लागि ट्राफिक प्रहरीलाई बेग्लै सुरक्षा योजना बनाउन निर्देशन दिइसकेको बताए । त्यस्तै जुवातास र मद्यपान सेवन गर्दा हुन सक्ने विविध घटनाहरुलाई न्युनिकरण गर्न पनि थप प्रहरी परिचालन गरिने जानकारी दिए । 

दशैँ तिहारमा भ्याली भित्र प्रत्येक चोकहरुमा ७०÷८० ओटा मोटरसाइकल खटाएर नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाइने प्रवक्ता क्षेत्रीको भनाई छ । पछिल्लो समय केहि घटनाहरुले गर्दा प्रहरीको विश्वसनियता माथि प्रश्न उठेको भन्दै आफुहरु प्रहरी माथि लागेको आरोपलाई गलत प्रमाणित गर्न प्रतिवद्ध रहेका बताए । साथै एउटा प्रहरीलाई बचानउ सिंगो प्रहरी कहिल्यै बदनाम नहुने भन्दै दोषी जो भए पनि नियम अनुशार कार्वाही गरिने बताए । कंञ्चनपुर घटनाको विषयलाई उठाउँदै प्रवक्ता क्षेत्रीले दोषी छिट्टै कानुनको दायरामा आउने बताए । साथै कंञ्चनपुर घटनामा जुनसुकै ब्यक्ति दोषी ठहर भए पनि कार्वाही गर्नुपर्छ भन्ने कुरामा प्रहरी संगठन प्रतिवद्ध भएको बताए । 


पछिल्लो केहि महिनामा १४८० ओटा बलात्कारका घटना मध्य १३६६ ओटा घटनामा सफलता पाएको बताए । आफुहरुले ९० प्रतिशत भन्दा बढी बलात्कार जन्य घटनामा सफलता पाएको तर केहि घटनाले गर्दा प्रहरीले गरेका अन्य राम्रो काम पनि ओझेलमा परेको पनि उल्लेख गरे । बलात्कार जन्य घटना न्युनिकरणका लागि प्रहरी गम्भिर भएको पनि प्रवक्ता क्षेत्रीको भनाई छ । कंञ्चनपुर घटनाको सत्यतथ्य, वैज्ञानिक, निष्पक्ष र नजिजामुखी अनुसन्धानका लागि प्रहरी प्रतिवद्ध रहेको उहाँको भनाई छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!