मलामीको जिप दुर्घनाः बाबु दुर्घनामा परेर हिड्दा छोरा अर्को दुर्घटनामा !

Posted on: 02 Oct, 2018

प्रेम सुनार | असोज–१६, बुटवल । आज बिहान अर्घाखाँचीमा जिप दुर्घटनामा १३ जना घाईते भएका छन । ६ जनाको अबस्था चिन्ताजनक छ ।  जिल्लाको मालारानी गाउँपालिका ६, हंशपुर काफलठुटा देखि  नवलपारीको त्रिवेणीघाट बाट दाहसंस्कार गरी फर्केका मलामीहरु सवार लु १ ज २३६९ नम्वरको जिप सितगंगा नगरपालिका–२ , सितापुरको फलाचौर घुम्तीमा दुर्घटना भएको  हो ।

जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका प्रवक्ता प्रहरी निरीक्षक खिमबहादुर घमका अनुसार घाईते सबैलाई लुम्विनी अञ्चल अस्पतालमा पठाईएको छ । विहान साढे चार बजेको समयमा भएको दुर्घटनको जानकारी प्रहरीले ५ वजेतिर मात्र  पाएको थियो ।  दुर्घनामा परी प्रहरी प्रधान कार्यालयमा कार्यरत मालारानी–६ काभ्रेका असई यज्ञबहादुर पुन पनि घाईते भएका छन ।  

यता बाबु दुर्घटनाको खबर पाए पछि अत्तालिदै मोटर साईकल लिएर बुटवल अस्पताल तर्फ जाने क्रममा उनका छोरासंगै अर्का ब्यक्ति मोटर साईकल दुर्घनामा परी गम्भीर घाईते भई बाबु संगै अस्पतालमा भर्ना भएका छन । उनको लु ३९ प ६४३ नम्वरको मोटर साईकल  तौलिहवाबाट आउँदै गरेको वालगंगा ड्राईभिङ्ग सिकाई  प्रा.लि. मणीग्रामको बा २ झ २१३६ नम्वरको गाडी संग ठोक्कीदा काफलडाडा भन्ने स्थानमा ठोक्कीदा उनका छोरा वोमबहादुर पुन र उनि संग सवार हिरा सिंह भन्ने ब्यक्ति  गम्भीर घाईते भएका हुन ।

घाईते हुनेमा ३६ बर्षिय विकास केसी, बर्ष २८ का बालकृष्ण शाह , २७ का सुरज पुन , उमेर ४८ का उदय पुन, ४५ का शिवबहादुर घम, बर्ष ४८ का वोमबहादुर पुन लगायत रहेको प्रहरी निरीक्षक घमले बताए ।  जिप सडक देखि २ सय मिटर तल खसेको र दुर्घनाको कारण खुल्न नसकेको घमले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!