रुपन्देहीमा पानीमा डुबेर तीन जनाको मृत्यु

Posted on: 02 Oct, 2018

प्रेम सुनार | असोज–१६, बुटवल ।   रुपन्देहीको खोला र  नालाीमा डुबेर तीन जनाको ज्यान गएको छ । बुटवलको चिडिया खोलामा  तिनाउ खोलामा डुबेको अबस्थामा फेला परेका   भारतको उत्तर प्रदेश देवरिया जिल्ला मण्ीपार्क ग्राम वडहरा कोतवाली थाना बस्ने  २१ बर्षिय  प्रशान्त शुक्लालाई  उपचारका लागि लुम्विनी अञ्चल अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको हो ।

प्रशान्त र  साथीहरु असोज १३ गते उपल्लो शिक्षबाबामा घुम्न गएका थिए । मृतकका पिता बालेश्वर शुक्लाले ईलाका प्रहरी कार्यालय बुटवलमा खोजतलासका लागि जाहेरी दिए पछि उनलाई  खोज तलास गरी शव बुझाईएको  त्यस कार्यालय प्रमुख डिएसपी डिल्ली मल्लले जानकारी दिए ।

त्यस्तै उनका अनुसार देवदह नगरपालिका–३, हात्तिडाँडा स्थित रोहणी नदिमा पौडी खोल्न गएकी सोही वडा ढेकवार बस्ने १४ बर्षिया सुनिात श्रीसको पनि डुबेर ज्यान गएको छ । उनलाई स्थानियले पानीबाट निकालेर उपचारका लागि ल्याएकोमा स्थानिय मेडिकलका डाक्टरले मृतक घोषणा गरेका थिए ।

उनको शव पिता तेजकुमार श्रीसले बुझाईएको छ ।  यसै विच असोज १३ गते देखि बेपत्ता रुपन्देही कै सुुद्धोधन गाउँपालिका –१ का २७ बर्षिय मनिराम चौधरीको पनि नालीमा डुबेर ज्यान गएको छ ।  प्रहरीले खोजतलासक क्रममा उनको शव सोही वडाको सिसई भन्ने स्थानको नालीमा डुबेको अवस्थामा फेला पारेको थियो । पोष्मार्टम पश्चात उनको शव मृतकका पिता दुवा थारुलाई बुझाईएको छ ।  रुपन्देही कै देवदह–९ टटेराकी अनिता गाहा झुण्डिएको अवस्थामा मृत फेला परी प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!