भिडियोमा रमाए खोटाङका वृद्दवृद्दा

Posted on: 02 Oct, 2018

चिसाङ शेर्पा | असोज १६, खोटाङ | जेष्ठ नागरिक जिल्ला संघ खोटाङका वृद्दवृद्दाहरुले धार्मिक एवम् ऐतिहासिक भ्रमणको भिडियो डकुमेन्ट्रि हेरेका छन् । २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको असवरमा आफ्नो एघार दिने भ्रमणको भिडियो हेरेका हुन् ।


जिल्ला समन्वय समितिको सभाहलमा सोमबार दिउँसो दुई घण्टाको भिडियो डकुमेन्ट्रि हेरिएको जेष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताए । भिडियोमा धनुषाको जानकी मन्दिर, तनहुंको देवघाटधाम, रुपन्देहीको लुम्बिनी, म्याग्दीको गलेश्वरधाम मन्दिर, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यावासिनी मन्दिर, गुप्तेश्वर महादेव मन्दिर, डेबिज फल (पाताले छाँगा), फेवाताल, तालवारही मन्दिर, चितवनको केवलकार, गोर्खाको मनकामना मन्दिर, काठमाण्डौको पशुपतीनाथ र नारायणहिटी दशरबारमा बृद्धबृद्धाहरुले गरेका दर्शन एवम् भ्रमणको दृश्यहरु कैद गरिएको छ ।


खोटाङका ९६ जना बृद्धबृद्धाहरु संलग्न उक्त तीर्थयात्रालाई  संम्भवत नेपालकै पहिलो तीर्थयात्राको रुपमा हेरिएको छ । बृद्धबृद्धाहरुले गत भदौ २९ गतेदेखी असोज ८ गतेसम्म गरिएको धार्मिक दर्शन एवम् अवलोकन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!