निर्मला हत्या प्रकरण: फेरी आन्दोलनमा होमीदै महेन्द्रनगर

Posted on: 02 Oct, 2018

भुवन भट्ट | असोज १६, कञ्चनपुर | महेन्द्रनगर निर्मला हत्याकाण्ड भएको ६८ दिन बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै कञ्चनपुर आन्दोलनमय बनेको छ । नेविसंघले मंगलबार बिहानै देखि बिभिन्न ठाउँमा टायर बाली बिरोध प्रर्दशन गरेको हो ।

 नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अहिलेसम्म पनि प्रहरीले अपराधी पक्राउ गर्न नसकेको र अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने प्रहरीका अधिकृतहरु समेतलाई कारबाही गर्न भन्दै एकदिने कञ्चनपुर बन्द गरिएको बताए । आन्दोलनमा नागरीक दवाव समुहले पनि सहयोग गरिरहेको छ । महेन्द्रनगर बर्ष पार्कदेखि सुरु भएको आन्दोलन पुरै बजार परिक्रमा गर्नै उनको भनाई छ । बिहानै देखि सुरुभएको आन्दोलन साझँ सम्म हिसांत्मक रुप लिने पनि कतिपयको बुझाई छ । नागरीक दवावमुलक समुहकि संयोजक मिना भण्डारीले गत शुक्रबार सार्वजनिक गरिएको डिएनए रिपोर्टमा आफुलाई संकालागेको बताउदै सरकारले नै वास्तबिक हत्याराको बचाउ गरिरहेको बताईन् । प्रहरीले प्रारम्भिक चरणबाटै प्रमाण नष्ट गरेका बताउदै वास्तबिक हत्यारा सार्वजनिक नगरुञ्जेल आन्दोलन जारिरहेने बताईन् । आन्दोलनका कारण जनजिवन प्रभावित भएको छ । आन्दोलनले पुरै बजार बन्द गरिनुका साथै यातायातका साधनपनि ठप्परहेका छन् ।


 नेपालीहरुको महान तिहार बडादशै पनि नजिकिदै गर्दा महेन्द्रनगर आन्दोलनमय बन्दै गएको प्रति कतिपयले आपत्ति जनाएका छन् । स्थानिय राम भट्टले सरकारले ६८ दिन बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्नुको साटो अनेक बाहानाबाजि गरि १० वर्ष १२ वर्ष लाग्ने बताईरहदा महेन्द्रनगर तनावग्रस्त बन्दै गएको बताए । सरकारले यथा सिघ्र हत्यारा पत्ता नलगाएमा महानचाड बडादसैमा पनि मनाउन नपाइने प्रति चिन्ता व्यक्त गरेका छन् । अर्का स्थानिय कृष्ण सिङऐरले तिजमा पनि महिला दिदीबहिनीहरु आन्दोलनमै रहदा उपवास रहेका दिदीबहिलाई आन्दोलनप्रभाव पारको बताउदै अब बडादशै , तिहार पनि मनाउन नपाईनेहोकि भन्नेमा डर लागेको बताए । 

सरकारले महान चाड बिजया दसमि पुर्वनै हत्यारा सार्वजनिक गरि महेन्द्रनगरबासिलाई न्याय दिलाउनु पर्नै उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!