जाजरकोटमा अरिंगालको टोकाइबाट एकको मृत्यु'

Posted on: 02 Oct, 2018

असोज १६, जाजरकोट | भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो ।

स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उनलाई टोकेको थियो । अन्य साथीले भागेर ज्यान जोगाए पनि भाग्न नसक्दा उनीमाथि अरिङ्गाल खनिएका थिए ।

गम्भीर बिरामी परेका उनलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो ।

उक्त अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको स्थानीय निर्मित प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!