मकवानपुरबाट २ सय ९५ किलो गाँजा सहित एक जना पक्राउ

Posted on: 02 Oct, 2018

असोज १६, मकवानपुर | तेल बोक्ने ट्याङकरबाट अबैध रुपमा भारत निकासी गर्न लागिएको ठुलो परिणामको गाँजा सहति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यलय मकवानपुरले २ सय ९५ किलो गाँजा सहित इक जनालाई पक्राउ गरेको हो । गाँजा ओसारपसार भएको भन्ने सूचना प्राप्त गरेपछि लागु औषध प्रहरी ब्युरो काठमाण्डौबाट आएको प्रहरीले मकवानपुरको मनहरीबाट गाँजा सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक नरेश कुमार सिङले बताउनुभयो । 

चितवनबाट हेटौँडा आउँदै गरेको ना ४ ख ३९६९ नंबरको ट्याङकरलाई रोकी चेकजाँच गर्दा उक्त ट्याङकरको तेल राख्ने १ नंबर चेम्बरमा ७ पोका २ नंबर चेम्बरमा १५ पोका गरी २ सय ९५ किलो लागु औषध गाँजा समेत ट्याङकर र ट्याङकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेख गंज बस्ने ३८ वर्षको प्रहलाद बहादुर ठकुरीलाई पक्राउ गरेको हो ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!