कंचनपुरमा ढिस्कोले पुरिएर बालिकाको मृत्यु

Posted on: 03 Oct, 2018

असोज १७, कञ्चनपुर (रासस) | माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्र्षीया जानकी बिष्टको मृत्यु भएको छ । 

चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!