कर्मचारी माथि बाम्फोक प्रहार

Posted on: 03 Oct, 2018

    कमल घिमिरे। असोज १६, पाँचथर राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्न खटिएका कर्मचारीको टाउकोमा बामफोक प्रहार भएको छ । फालेलुङ गाउपालिकामा १ बस्ने ४० बर्षिय हरिसचन्द्र खडकाले सोही स्थानमा राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्न खटिएका निराजन अधिकारीको टाउकोमा फलामको बामफोक प्रहार गरेका हुन् । असोज १४ गते विवरण संकलन गरी निज खड्काको घरमा बेलुकाको खाना खाई उठ्नेक्रममा अचानक फलामको बामफोकले प्रहार गरी घाइते बनाएकोमा निज खडकालाइ प्रहरीले नियन्त्रणमा लिई असोज १५ गते सम्मानित पाँचथर जिल्ला अदालतबाट ज्यान मार्ने उधोग मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!