पाल्पामा मलामी बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते

Posted on: 03 Oct, 2018

असोज १७, पाल्पा | पाल्पामा मलामी बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् |  बगनासकाली गाउँपालिका- ८ बराङ्दीबाट मलामी बोकेर राम्दीतर्फ जाँदै गरेको लु १ ज २०५० नम्बरको जीप बुधबार दिउँसो बराङ्दीकै कच्ची सडकमा भएको हो ।

घाइते हुनेमा बगनासकाली- ८ का चालक ४५ वर्षीय टोपराज बस्याल, सोही ठाउँका ४५ वर्षीय लक्ष्मण घिमिरे, ३८ वर्षीया सिता घिमिरे, ३७ वर्षीय भरत घिमिरे, ३० वर्षीय कालीराज घिमिरे र १२ वर्षीय किरण घिमिरे रहेका छन्।

जीपमा १४ जना सवारी भएपनि ८ जनाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइते सबैको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ। जीप सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!