तीनैवटा विमानस्थल बन्द हुँदा यात्रुलाई समस्या

Posted on: 03 Oct, 2018

चिसाङ शेर्पा | असोज १७, खोटाङ | जिल्लामा रहेको तीनवटा विमानस्थल बन्द हुंदा दशैं मनाउन आवतजावत गर्ने यात्रुहरुलाई शास्ती हुने भएको छ । खोटाङको सदरमुकाम दिक्तेल नजिक रहेको मनमाया राई खानीडाडाँ विमानस्थल, थामखर्क विमानस्थल र लामिडाडाँ विमानस्थल बन्द हुंदा शास्ती हुने भएको हो ।

जिल्लामा रहेको तीनवटा विमानस्थलमध्ये थामखर्क विमानस्थल र लामिडाडाँ विमानस्थल कालोपत्रे भईरहेको छ । लामिडाडाँ विमानस्थल निर्माणमा संलग्न ठेकेदारले भने, सम्झौता म्याद गुजारेर पुनः सम्झौता थपगरी काम गरिरहेको छ । मनमाया राई खानीडाडाँ विमानस्थलको पश्चिम साईडमा पहिरो गएकाले लामो समययता उडान अवतरण बन्द भएको नेपाल एयरलाईन्स खानीडाडाँ स्टेशन ईन्चार्ज यादवसेन राईले बताए । 

विमानस्थल बन्द हुंदा जिल्ला अस्पताल दिक्तेलले रेफर गरेका विरामी वालवच्चा, सुत्केरी महिला, अशक्त बृद्धबृद्धाहरुलाई उपचारमा जिल्ला वाहिर जान ठूलो समस्या हुने गरेको छ । जिल्लामा तीनतीनवटा विमानस्थल हुंदा समेत जिल्लावासीले सुविधा लिन सकेका छैनन् । हवाई यातायात सञ्चालन नहुंदा करीव ७ घण्टा वस चडेर उपचारका लागि काठमाण्डौ जानुपर्ने बाध्यता छ । आपतकालीन् विरामी तथा असक्तहरुले मोटो रकममा हेलिकोप्टर चार्टड गरेर जिल्लाभन्दा बाहिर गई उपचार गराउनुपर्ने बाध्यता छ । उडान अवतरण नहुंदा विशेषगरी असक्त बृद्धबृद्धाहरुले ठूलो कष्ट भोग्नु परिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!