७० वर्षीया वृद्धा बलात्कार गर्ने अपराधी चाँडै पक्राउ हुन्छ

Posted on: 04 Oct, 2018

असोज १८, सप्तरी | सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ । 

सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार हुनुभएको थियो । खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिनुभएको थियो । 

घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार रहेका आरोपितको पहिचान भइसकेकाले छिट्टै गिरफ्तार हुने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!