अवैध रकमसहित रुपन्देहीबाट १ नेपालीसहित २ भारतीय पक्राउ

Posted on: 04 Oct, 2018

असोज १८, बुटवल | रुपन्देहीको बुटवलस्थित नेपाल गञ्जरोडस्थित ग्रान्ड होटलबाट अवैध नगदसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा २ भारतीय र १ जना नेपाली नागरिक रहेका छन् । उनीहरुको साथबाट ८ लाख ७८ हजार ४ सय रुपैया बरामद भएको छ ।

नेपाल गञ्जरोडमा रहेको ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली सहित उनीहरुलाई होटलबाटै पक्राउ परेको इलाका प्रहरी कार्यलय बुटबलका प्रहरी नायव उपरीक्षक डिल्ली बहादुर मल्लले  बताए। 

पक्राउ पर्नेमा भारतिय नागरिक मेराजुन मिया, ईमरान खान नेपाली नागरिक मेघनाथ कुशपडिया छन्

मिया र खान भारत उत्तर प्रदेश बैराइच जिल्लाका हुन् भने कुशपडिया बांके नेपालगंजका हुन् ।

पक्राउ परेका ३ जनालाई ईलाका प्रहरी कार्यलय, बुटबलमा राखेर अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!