महोत्तरीमा भोजको फोहोर सफा नगरेको भन्दै विद्यालयबाट निकालिए दलित विद्यार्थी

Posted on: 04 Oct, 2018

असोज १८, महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् । 

किशोरी जनता माध्यामिक विद्यालयले भङ्गाहा-९ हरिनमरीका कक्षा ७ मा अध्यनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरेको हेा ।

मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगरेको भन्दै निष्कासन गरेको बताएका छन् । उनी डोम समुदायका विद्यार्थी हुन् ।


विद्यालयमा यही असोज १० गते विद्यालयका लेखापाल राकेश यादवकी हजुरआमाको किरियाभोज खाँदा जम्मा भएको फोहर सफा गर्न भनेको र गन्हाएको फोहोर सफा गर्न नमानेपछि विदालयबाटै निष्कासन गरिएको पीडित विद्यार्थीले बताएका छन् ।

मुकेशका आमाबाबुले भने आफूहरुलाई तल्लो जात भनेर प्रध्यानाध्यापकले दुर्व्यबहार गरेको बताएका छन् । मुकेशका बुवा हरिनमरीले आफूलाई पनि प्रधानाध्यापकले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताए ।

असोज १० गते पढाइ बन्द गरी विद्यालय परिसरमा किरिया भोज खुवाइएको थियो । भोजपछि बाँकी रहेको खानेकुरा र फोहोर डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको हरिनमरीको दावी छ ।

विद्यालयबाट निष्कासनमा परेका मुकेशले आफूलाई न्याय दिलाइदिन आग्रह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!