रोल्पा जान भनी हिडेँका आमा-छोरी दाङमा मृत फेला

Posted on: 04 Oct, 2018

असोज १८, लमही ( रासस) | बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् । 

हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका आज मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । 

स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । छोरी सहित यही असोज १३ गते माईतिघर रोल्पा जान भनी हिडेँ पनि लामो समयसम्म सम्पर्कमा नआएको आफन्तले बयान दिएको प्रहरीले जनाएको छ । 

स्थानीयले आज बेलुकी ५ बजेतिर शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब सड्ने अवस्थामा रहेकाले ४/५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । आफन्तले हत्या भएको हुनसक्ने भन्दै शब उठाउन मानेका छैनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!