दैलेखलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

Posted on: 05 Oct, 2018

असोज १९, काठमाडौं | पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । दैलेखको नारायण नगरपालिका १० भवानीमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

असोज महिनामा पश्चिममा केन्द्रविन्दु बनाएर गएको यो दोस्रो भूकम्प हो । यसअघि असोज ३ गते पुर्व रुकुमलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । 

तर पछिल्ला पश्चिममा नेपालमा गएका भूकम्प भने नयाँ भएका केन्द्रका वैज्ञानिकले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!