नेपालमै पहिलो पटक आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा मुद्धा दर्ता

Posted on: 05 Oct, 2018

राम नारायण पंडित । साउन १९, सिरहा । मिचैया प्रहरीले श्रीमतिलाई आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नगरपालिका १ बस्ने ५३ बर्षीय राम बहादुर परियारलाई ४५ बर्षीय श्रीमति सर्मिला परियारलाई आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा पक्राउ गरेको हो ।  पक्राउ परेका रामबहादुरमाथी मुलुकी अपराध संहिता ऐनको दफा ३५ बमोजिम मुद्धा दर्ता गरी कार्बाही प्रक्रिया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र साहले बताए । 

सर्मिलाका काका कर्जन्हा २ बस्ने ६३ बर्षीय छबिलाल परियार दिएको किटानी जाहिरीको आधारमा रामबहादुरलाई पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपीद्र साहले बताएका छन् । करीब ३० बर्षअधि जातिय रितिरिबाज अनुसार सर्मिला र रामबहादुरको बिबाह भएपनि राम बहादुरले सर्मिलालाई बिभिन्न बहानामा हेला गर्ने, कुटपिट गर्ने र यातना दिने लागायतका तनाब दिएकाले सहन नसकेर बाध्य भई आत्महत्या गरेको जाहिरी दरखास्तमा उल्लेख रहेको छ । 

सर्मिला असोज १४ गते गाई गोठमा गई घाटीमा फासो लगाई आत्महत्या गरेका थिए । 

भदौ १ गतेदेखि मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएपछि नेपालमा पहिलो पटक आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा मुद्धा चलाईएको डिएसपी साहले दाबी गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!