बलात्कार गरी हत्या गर्नेलाई सर्वस्व सहित २८ वर्ष कैदको फैसला

Posted on: 06 Oct, 2018

नरी बडु | असोज २०, बैतडी | पुचौँडी नगरपालिका– ४ हाट की १६ वर्षीया डम्बरा भट्टलाई बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत बैतडीले डिलाशैनी गाँउपालिका– ४ पिरेडिका २२ वर्षीय उमेस प्रसाद जोशीलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । 

जिल्ला न्यायधिष माधव प्रसाद अधिकारीको इजलासले आरोपी जोशीलाई हत्या अभियोगमा २० र बलात्कार अभियोगमा थप आठ वर्ष गरी २८ वर्षको फैसला सुनाएको जिल्ला अदालत बैतडीका श्रेतेदार भिमप्रसाद भुसालले बताउनुभयो ।

गएको फागुन १७ गते आरोपी जोशीले डम्बरा भट्टलाई पुचौँडी नगरपालिका– १ हाट स्थित कोठामा बोलाएर बलात्कार गरी हत्या गरेका थिए । यस्तै १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत बैतडीले शुक्रबारनै मेलौली नगरपालिका– २ का किासोरराम वडलाई आठ वर्ष कैद र ४० हजार क्षतिपुर्तिको फैसला सुनाएको छ । पछिल्लो समय बैतडीमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!