दाङबाट नेपालगञ्जका लागि छुटेको माइक्रो बस र ट्रक ठोक्किदा ६ जनाको मृत्यु , १७ यात्रु घाइते

Posted on: 06 Oct, 2018

असोज २०, बाँके । बाँकेमा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको ज्यान गएको छ । ज्यान जानेको पहिचान खुलेको छैन ।

पूर्व–पश्चिम राजमार्ग अन्गरर्गत बाँकेको सम्सेरगञ्ज भन्दा ५ किलोमिटर पूर्व ठुरेमा दाङबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हाइस र विपरीत दिशाबाट जाँदै गरेको लु १ ख ७७ २९ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते १७ जनाको कोहलपुर मेडिल कलेजमा उपचार भइरहेको छ । बिहान ९ बजे दुर्घटना भएको हो । घटनाबारे थप जानकारी आउन बाँकी छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!