नवलपरासीको अरुणखोलामा बस दुर्घटना हुँदा नौ जना घाइते

Posted on: 06 Oct, 2018

असोज २०, कावासोती | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रुबहाक बस दुर्घटना हँुदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे१ख २२०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टेको थियो । 

दुर्घटना परी बसमा सवार नौ घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बसमा सवार अन्य १६ यात्रु भने सकुशल रहेको दुम्किबास इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घजिन्द्रबहादुर कार्कीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!