ताप्लेजुङको थामखर्कमा बेवारिसे शिशु भेटियो

Posted on: 06 Oct, 2018

असोज २०, ताप्लेजुङ | ताप्लेजुङको फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा एक शिशु बेवारिसे अवस्थामा भेटिएका छन् ।

जंगलमा रहेको एउटा गोठमा शनिबार बिहानै लुङ्गी र बर्कोले बेरेको अवस्थामा घाँसको थुप्रोमाथि स्थानीयले शिशु देखेपछि उद्धार गरेका हुन् ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी काँसिनाथ रेग्मीका अनुसार स्थानीयले सुकेटार विमानस्थल सुरक्षा गार्डलाई खबर गरेपछि प्रहरी र स्थानीयले विमानस्थलसम्म ल्याएका थिए ।

शिशुको शरिरमा सामान्य चोट लागेकोले उपचारका लागि प्रहरीले जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!