चितवनमा १० वर्षीय बालक बेपत्ता, विद्यालय लगेको झोला र सर्ट नारायणी नदीमा फेला !

Posted on: 06 Oct, 2018

असोज २०, चितवन | भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन् । उनले विद्यालय लगेको झोला र सर्ट आज नारायणी नदी किनारमा फेलापरेको छ । 

प्रहरीले बालक नदीमा बेपत्ता भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शुक्रबार परीक्षा दिन स्थानीय भानु माध्यमिक विद्यालयमा गएका बालक बेपत्ता भएपछि खोजीकार्य थालिएको थियो । झोला र सर्ट नदी किनारमा फेला परेपछि नदीमा खोजी कार्य शुरु गरेको प्रहरीले जनाएको छ । बालक भानु माविमा कक्षा ४ मा अध्ययनरत थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!