FPAN ले बाँड्यो ३८ लाखको स्वास्थ्य उपकरण

Posted on: 07 Oct, 2018

कमल घिमिरे पाँचथर ,असोज२१ नेपाल परिवार नियोजन सङ्घ फिदिम पाँचथर ले फिदिम नगरपालिका स्थित जिल्ला स्वास्थ्य कार्यालयमा परिवार नियोजनका स्वास्थ्य उपकरणहरु बितरण गरेको छ।

अस्पताल ले गरेको एक कार्यक्रममा संघका जिन्सी शाखा साहायक बिनोद खड्का ले अस्पताल प्रमुख बुद्धि बहादुर थापा लाई हस्तान्तरण गर्नुभएको थियो।

अस्पतालमा परिवार नियोजन को सेवा प्रदान गर्न सहज बनाउन उपयुक्त उपकरणहरु निशुल्क बितरण गरिएको हो। यस अघि जिल्लाका सबै गाउँपालिकाहरुका स्वास्थ्यचौकीमा उपकरण बाँडेको संघले जनाएको छ।

आई.यु.सी.डी,इम्प्लान्ट,मिनिल्याप,बेड,अप्रेसन बेड,एन.एस.भी.,ड्रम लगायतका स्वास्थ्य उपकरणहरु बितरण गरेको संघका निमित्त जिल्ला सम्योजक धर्मनारायण शर्मा ले बताउनुभयो ।

शर्मा का अनुसार गाउँपालिकाका स्वास्थ्यचौकीहरुमा २८ लाख र नगरपालिकाका स्वास्थ्यचौकी र अस्पतालमा १० लाखबराबरको स्वास्थ्य उपकरणहरु बितरण गरिएको बताइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!