राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल ट्रेड युनियनको नगरभेला

Posted on: 07 Oct, 2018

असोज २१, अर्घाखाँची | राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक भुमिकास्थानको अध्यक्षमा राम बहादुर थापा निर्बाचित हुनुभएको छ ।

नुवाकोटको पोखेडांडामा सम्पन्न प्रथम नगर भेलाले अध्यक्ष थापाको नेतृत्वमा ५ सल्लाहकार सहित १८ सदस्यिय नगर समितिको सर्वसहमत चयन गरेको हो । नव गठित अन्टुक नगर समितिको उपाध्यक्षमा लक्ष्मण खत्री,सचिव युवराज खनाल,सह–सचिव खेमराज भाट र कोषाध्यक्षमा शिव बन्जाडे रहनुभएको छ । 

अन्टुक जिल्ला सचिव तथा भुमिकास्थान नगर भेलाका संयोजक इन्द्रमणी भुसालको अध्यक्षता,जिल्ला अध्यक्ष सिद्धि प्रसाद भट्टराईको प्रमुख आतिथ्यता र राम बहादुर थापाको संचालनमा सम्पन्न भेलाले चयन गरेको नगर समितिको सदस्यहरुमा तिलकराम भट्टराई,सुरज आचार्य, प्रकाश पौडेल, रिषि भुसाल, तिलकराम खनाल र राम प्रसाद खनाल रहनुभएको छ भने सल्लाहकार सदस्यमा सागर पोख्रेल, लक्ष्मी वि.क., मदन वेल्वासे र केशव बन्जाडे चयन हुनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!