२० वर्षीया महिलाद्वारा आफ्नै शरीरमा आगो लगाएर आत्महत्या

Posted on: 08 Oct, 2018

असोज २२, राजविराज (रासस) | सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन । 

स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । 

घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

भारतको बिहारराज्यको सुपौल माइती भएकी रोशनीकी श्रीमान सुनिल राउत विराटनगर–जनकपुर चल्ने बसमा सहचालकको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ । 

सुनिलसँग सामाजिक परम्पराअनुसार ६ महीना अघि रोशनीको विवाह भएको थियो । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो आगलागीबाट करीब रु ७० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!