सिरहामा एक युवकको शव फेला

Posted on: 08 Oct, 2018

असोज २२, सिरहा | सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा आइतबार साँझ एक युवकको शव फेला परेको छ । तत्काल सनाखत हुननसकेको अन्दाजी ३० वर्षीय युवकको शव खोला किनारामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!