घुम्ती शिविरले कृषकलाई राहत

Posted on: 08 Oct, 2018

कमल घिमिरे, पाँचथर असोज२२ तुम्बेवा गाउँ पालिकामा पाँच दिन सम्म  सञ्चालन भएकाे  घुम्ती शिबिर आइतबार सम्पन्न भएकाे छ ।

घुम्ति शिबिरकाे  माध्यमबाट धुरधराजका तुम्बेवा बासिहरूलाई अाफ्नै-अाफ्नै  वडाहरूबाट  सेवा सुबिधा लिन पाअाेस भन्ने  उदेश्यले सञ्चालन गरिएकाे थियो ।  घुम्ती शिबिरमा जटिल प्रकारका समस्या देखिएका बिरामि मध्ये  निउन अार्थिक भएका ब्यक्तिलाई थप उपचार गराउन चाहेमा  गाउँ पालिकाबाट सिफारिस दिईने पनि गाउँ पालिका  प्रमुख हाेमनाथ थापाले बताउनुभयाे । शिबिर तुम्बेवा गाउँ पालिकाे निर्णय अनुरूप  वडा पालिकाहरूकाे अायाेजनामा  शिबिर पाँच वटै वडाहरूले अा-अाफ्नै वडाहरूमा सञ्चालन गरिएकाे वडा अध्यक्ष कमल थापाले बताउनु भयाे ।

 शिबिरमा प्राबिधिक सहयाेग भने स्वास्थ्य तर्फ तुम्बेवा गा,पा, स्वास्थ्य शाखा माैवा पशु तर्फ तुम्बेवा गा,पा,पशु शाखा माैवा र कृषि तर्फ तुम्बेवा गा,पा,कृषि साखा माैवाकाे सहयाेगमा सञ्चालन गरिएकाे  पनि वडा अध्यक्ष  थापाले बताउनु भयाे । शिबिरमा एलाेपेथिक र अायुर्बेधिक तर्फ स्वास्थ्य परिक्षण गर्न पाच वटै वडाका गरि करिब ६९० जनाले अाफ्नाे स्वास्थ्य  परिक्षण र परामर्श दिईएकाे  तुम्बेवा स्वास्थ्य साखा सहसम्याेजक बिकाश थापाले बताउनु भयाे । यस्तै पशु तर्फ ४५०जनाले पशु परामर्श तथा अाैषधि उपचार गराएकाे र  बाेका  सुङ्गुर गाेरू  भनध्याकरण र कुकुरहरूलाई रेबिज सुई गरि करिब २००सय  गरि जम्मा ६५० कृषकलाई सेवा दिएकाे तुम्बेवा पशु साखा प्रमुख प्रभाकर झाले बताउनु भयाे । साथै कृषि तर्फ ६सय २४ जना कृषकहरूलाई  कृषि परामर्श तथा विउविजन वितरण गरिएकाे तुम्बेवा कृषि साखाका प्रमुख प्रेम नाथ चौधरी ले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!