चाडपर्वमा सुरक्षामा कडाई

Posted on: 08 Oct, 2018

चिसाङ शेर्पा | असोज २२, खोटाङ | चाडपर्व नजिकिएसँगै जिल्लामा सुरक्षालाई थप मजबुत बनाइएको छ । चाडपर्वमा अपराधिक क्रियाकलाप मौलाउन नदिन, झै झगडा, चोरी डकैतीजस्ता सम्भावित घट्नावाट सुरक्षित हुनका लागि सुरक्षा व्यवस्थालाई थप कडा बनाईएको हो ।

जिल्ला प्रहरी कार्यालय दिक्तेलले दशै तिहारलाई मध्येनजर गरेर रातीको समयमा बाक्लो तथा लामो गस्ती, सवारी साधन र संकास्पद ब्यक्तिलाई आकस्मिक चेकजाँच, बैंक, बित्तिय संस्थामा सादा पोशाकमा प्रहरी परिचालन, चौकीहरुलाई सर्तकता, बैंक÷सुरक्षा गार्डलाई सुरक्षा दिने लगायतका रणनीतिहरु अपनाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए । 

खाशगरी प्रहरीले जिल्ला भित्रिने नाकाहरुमा सवारी साधन चेकजाँच र मादक पदार्थमा कडाई गरेको छ । सवारी चालकलाई जुनसुकै जुनैवेला पनि सादा पोशाकमा खटिएका प्रहरीले आकस्मिक मापसे चेकजाच गर्ने र मापसे सेवन गरी समाजमा होहल्ला गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी समाजमा शान्ती सुरक्षा, सुव्यवस्था कायम गर्ने काममा प्रहरी २४ सै घण्टा खडा रहेको डिएसपी केसीले बताए ।

प्रहरीले चाडपर्वमा चोरी हुन सक्ने संम्भावित स्थानहरु सुनचादी पसल, बैंक, वित्तिय संस्थाहरुलाई सुरक्षा÷परामर्श दिइरहेको छ । खोटाङमा अस्थाई प्रहरी पोष्ट ६ वटा,  प्रहरी चौकी १६ वटा, ईलाका प्रहरी कार्यालय ६ वटा, दुईवटा एयरपोर्ट सुरक्षा गरी ३३ वटा प्रहरी युनिटले अन्य समयमा भन्दा चाडपर्वमा सुरक्षालाई थप कडा बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!