हलेसीको दुई वडामा शाखारहित बैंकिङ सेवा सुरु

Posted on: 08 Oct, 2018

चिसाङ शेर्पा | असोज २२, खोटाङ | जिल्लाको च्यास्मिटारमा ३४ औं माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवाको सुचारु भएको छ । बचत गर्ने बानीको विकास गराउने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा बैकिङ सेवाको सुरुवात भएको हो ।

शाखा रहित बैंकिङ सेवाको सोमबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गर्नुभएको छ । बैकिङ सेवाबाट स्थानीयहरुले आफ्नै गाउँघरमा बसेर दैनिक दुईलाख बचत, दैनिक एक लाखसम्म नगद निकाल्न, नयाँ खाता खोल्न र आईएमई, प्रभु, सिटी एक्प्रेस, हिमाल रेमिट लगायतका ३० वटा रेमिट्यान्सको कारोवार गर्न सकिने माछापुछ्रे बैंक हलेसी शाखाका शाखा प्रवन्धक खगेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।


बैकिङ सेवा सुचारु भएपछि स्थानीयहरुको समय, काम र पैसाको बचत तथा फजुल खर्चमा कमी आउने हलेसी तुवाचुङ नगपालिकाका नगरप्रमुख इवन राईले बताए । आईतबार धितुङपछि च्यास्मिटारमा बैंकिङ सेवा विस्तार गरिएको र नगरको अन्य वडामा क्रमशः बैंकिङ सेवा विस्तार गरिने उहाँको भनाई छ ।  

सवै वडामा बैंकिङ सेवा विस्तारपछि निकट समयमा सामाजिक सुरक्षा भत्ता उक्त बैंकहरुबाट उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उपप्रमुख बिमला राईले बताईन् । हिजो बुईपास्थित पञ्चरदोवाटोमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा सुरुवात गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!