असोज २३, भक्तपुर (रासस) | मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ ।
बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भार्याङबाट खस्दा अन्दाजी वर्ष २०/२२ वर्षका सहचालकको मृत्यु भएको हो । उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताउनुभयो ।
सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ । कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!